कैलालीको गोदावरीमा श्रीमान-श्रीमती मृत फेला

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा श्रीमान- श्रीमान मृत अवस्थामा भेटीएका छन् ।

गोदावरी नगरपालिका-७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत भेटीएको परेको प्रहरीले जनाएको छ ।

मृतक हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

You might also like
Comments
Loading...