बुढानिलकण्ठमा डिलाइट हाइटेक फर्निचरको डिलर विस्तार

काठमाडौं । भारतीय प्रशिद्ध ब्राण्ड डिलाइट हाइटेक फर्निचरको डिलर काठमाडौंको बुढानिलकण्ठमा विस्तार गरिएको छ । सम्पन्न इन्टरनेशनल प्रा.लि.ले डिलाइटको शोरुम (डिलर) स्थापना गरेको हो ।

भारतीय प्रशिद्ध फर्निचर ब्राण्डको डिलर स्थापना गर्न पाउँदा खुसी लागेको प्रा.लि.का सञ्चालक सुदर्शन बुढाथोकीले बताए ।

डिलाइटका लागि नेपालको एक मात्रै आयातकर्ता डिलाइट नेपाल प्रा.लि हो । प्रा.लि.ले अन्य मुख्य शहरमा पनि शोरुम (डिलर) विस्तारको तयारी गरेको छ । सातै प्रदेशका मुख्य शहरमा शोरुम विस्तार गरिने प्रवन्ध निर्देशक राजेन्द्र न्यौपानेले जानकारी दिए ।

काठमाडौंको बबरमहल रोड माइतीघरमा प्रा.लि.को मुख्य शोरुम छ । डिलाइट हाइटेक सन् १९५७ देखि भारतीय बजारमा उत्पादन तथा बिक्री वितरण हुँदै आइरहेको छ । फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने गरी नेपाली बजारमा हाइटेक डिलाइटलाई भित्र्याइएको प्रा.लि.का अध्यक्ष दालप्रसाद श्रेष्ठ (मनोज)ले जानकारी दिए । डिलाइट हाइटेक उत्कृष्ट फर्निचर ब्राण्ड रहेको बताउँदै उनले नेपाली बजारमा छोटो समयमा यो ब्राण्ड धेरैको रोजाइमा परेको बताए ।

घर, अफिस, बैंक, स्कुल, कलेज, हस्पिटल, होटल, रिसोर्ट लगायतका क्षेत्रमा आवश्यक फर्निचरसँग सम्बन्धित सम्पूर्ण सेवा आफूहरुले प्रदान गरिरहेको उनले बताए । ‘ग्राहकको चाहना तथा आवश्यकता अनुसारको फर्निचरको व्यवस्था हुनेछ,’ उनले भने ।

 

You might also like
Comments
Loading...