देवदह नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं ।  रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयरमा पद नेकपा एमालेले विजयी भएको छ ।

देवदहको मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् ।मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गरेका हुन् ।

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए ।खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईँलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

गुरुङले २०७४ सालमा पनि उपमेयर जितेकी थिइन् ।उनले ३ हजार ७ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीले ७ हजार २९० मत पाइन् ।

You might also like
Comments
Loading...