बागलुङ नगरपालिकाको मेयरमा धना आचार्यले उम्मेदवारी दिने

बागलुङ । बागलुङ जिल्लाको बागलुङ नगरपालिकाको मेयरमा धना आचार्यले उम्मेदवारी दिने भएकी छन् । उनले हालै आफ्नो उम्मेदवारी सार्वजनिक गरकी हुन् । नेपाली काँग्रेस बिपीको तर्फबाट उनले मेयरमा उम्मेदवारी दिन लागेकी हुन् ।

उनी एसोसिएसन अफ एलायन्स क्लब नेशनल डिष्ट्रिक्ट १०२३ का संस्थापक सचिव तथा इलेक्ट फस्ट भिडिजी हुन् । बाल संरक्षण विकास समिति बागलुङका संस्थापक अध्यक्ष, धना फाउण्डेसनका संस्थापक अध्यक्ष भएर काम गरेकी आचार्य अन्य विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक काममा निरन्तर सक्रिय छन् ।

उनी नेपाली काँग्रेस बिपीको केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सभापतिको जिम्मेवारीमा छन् ।

सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई अब मेयर बनेर आफ्नो ठाउँको विकासमा केन्द्रित हुने आफ्नो इच्छा रहेको उनले बताइन् । ‘सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव मसँग छ,’ उनले भनिन्, ‘त्यो अनुभवलाई म मेयर बनेर बागलुङको समग्र विकासमा प्रयोग गर्न चाहन्छु ।’

You might also like
Comments
Loading...