पोखरामा धनराज आचार्यको अग्रता कायमै , कृष्णभन्दा ३ हजार २७० मतले अगाडि

काठमाडौं । पोखरा महानगरपालिकामा मेयर पदमा धनराज आचार्यको अग्रता कायमै रहेको छ ।

६५ हजार ४ सय ६२ मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत प्राप्त गरेका छन् ।

आचार्य थापा भन्दा ३ हजार ७० मतले अगाडि रहेका छन् ।त्यस्तै राप्रपाका शङ्कर खरालले २ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल (गनेश) ले २ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २७ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् भन् भने एमालेकी मञ्जु गुरुङले २७ हजार १ सय १९ मत प्राप्त गरेकी छन् ।

You might also like
Comments
Loading...