वडालाई समुन्नत बनाउने लक्ष्यसहित केसीको उम्मेदवारी

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ को अध्यक्षमा समाजसेवी धर्म केसीले उम्मेदवारी दिएका छन् । उनले नेपाली काँग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

पूर्व प्रहरी भएर अवकास प्राप्त गरेका उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । विभिन ठाउँमा देशको सेवा गरेको र अब अवकास पछिको जीवन पनि देशकै सेवामा समर्पित गर्ने उनको भनाई छ ।

प्रहरी सेवामा हुँदा इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका उनी कार्यरत ठाउँहरुमा अझै उदाहरणको रुपमा लिइने गरेका छन । सानैदेखि पढाईमा अब्बल उनको शिक्षा नेपालकै प्रसिद्ध विद्यालय बुढानिलकन्ठमा भएको हो भने उच्च शिक्षा त्रिचन्द्र कलेजमा भएको हो ।

देश विदेशको अनुभव संगालेका उनी समाज विकासलाई चेतना शिक्षामा जोड दिनुपर्ने बताए । स्थानीय चुनावमा वडाबासीले आफूलाई अत्याधिक मतदान गर्ने कुरामा उनी ढुक्क छन् । वडाबासीको आर्थिक तथा जीवनस्थर अबको ५ वर्षमा बढाउन शिक्षामा विकास, पर्यटक वडामा रुपान्तर्ण गर्ने, स्वरोजगारिता आदि उनका मुख्य एजेन्डाहरु छन् ।

You might also like
Comments
Loading...