वैदेशिक रोजगारीमा जाने लाई ठगी गर्ने म्यानपावर लाई कारबाही हुन्छ : मन्त्री अर्याल

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गर्ने म्यानपावरहरूलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गर्ने म्यानपावरहरूलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताएका हुन् ।

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर समेत गरे । ।

साथै उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनको लागि समय दिएको र सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने बताए ।

आफू श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने सेमत उलने प्रतिबद्धता जनाए ।

You might also like
Comments
Loading...