काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंका आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना रहेको बताए । उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौं र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो । भूकम्पपछि काठमाडौंमा मान्छेहरु बाहिर निस्केका थिए ।

 

 

 

You might also like
Comments
Loading...