सार्वजनिक भयो अमेरिकी डिभीको नतिजा

अमेरिकी डिभीको नतिजा शनिबार राति सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक गरिएको हो ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

www.dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था रहेको छ ।

त्यस्तै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डिभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

यो नतिजामा डिभी परेकाहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने छ ।

You might also like
Comments
Loading...