विश्व वातावरण दिवसमा ‘डोको डस्बिन’ वितरण

काठमाडौं । विश्व वातावरण दिवसका अवसर पारेर आज मेचीनगर-१० धुलाबारीमा शुभारम्भ अभियानले ‘डोको डस्बिन’ वितरण गरेको छ । वातावरण स्वच्छ र धुलाबारी बजारलाई सफा बनाउने उद्देश्यले अभियानले डोको डस्बिन वितरण गरेको हो ।

धुलाबारी चोक बजारका पसलबाट निस्कने फोहरमैलालाई व्यवस्थापन गर्ने उद्देश्यले अभियानले पसल अगाडि डोकोको डस्बिन राखिदिएको छ ।

यसअघि पनि अभियानले धुलाबारी बजारलाई हरियाली बनाउने उद्देश्यले प्रत्येक पसल अगाडि गमलामा थुपीको बिरुवा रोपनकार्य गरेको थियो ।

अभियानका अध्यक्ष केपी शिवाकोटीले सो डस्बिन खरिदका लागि कर्णाली बचत तथा ऋण सहकारी संस्था र ज्योति विकास बैंकले सहयोग गरेको बताए ।

यसैगरी, थोप्लेविरान सामुदायिक वनले आजै विभिन्न जातका तीन हजार बिरुवा रोपन गरेको छ । सामुदायिक वन परिसरमा उपभोक्ता स्वयम् उपस्थिति भएर सो बिरुवा रोपिएको हो ।

You might also like
Comments
Loading...