इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हारदेखि धेरै पुरस्कार जित्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।

यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सक्ने छन् । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरु गोलाप्रथामार्फत चयन गरिनेछ । यस योजनामा इसेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ ९प्रमाणित ० भएको हुनु पर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्न इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

You might also like
Comments
Loading...