निबन्ध लेखन प्रतियोगिताको उपाधि कृति पोखरेललाई

काठमाडौं । मनास्लु वर्ल्ड कलेजद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको उपाधि कृति पोखरेलले जितेकी छन् । घटराज मेमोरियल स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी प्रथम हुँदै नगद १० हजार रुपैयाँ मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएकी छन् ।

उपत्यकाव्यापी उक्त प्रतियोगितामा कान्तिपुर इंलिस स्कुलका क्रनिल मानन्धर द्वितीय भएका छन् । प्रतियोगितामा सन्ध्या भित्रकोटी तृतीय भएकी छन् भने रिजु पण्डित र सवरिका तामाङ सान्त्वना भएका छन् । उनीहरुले क्रमशः ७ हजार, ५ हजार र २/२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कलेजले चैत १९ गते प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २३ वटा विद्यालयका ५९ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कलेजले कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।

‘आवश्यकता नै आविस्कारको जननी हो’ र ‘भर्चुअल कक्षा र यसको सिकाइमा प्रभावकारिता’ शीर्षकमा प्रतियोगिता भएको हो । ‘विद्यार्थीमा अन्तर्निहित क्षमताकोे प्रस्फुटन गराउने र औपचारिक शिक्षा बाहेक बाह्य ज्ञानसमेत बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेका हौं,’ प्रिन्सिपल श्रेष्ठले भने ।

You might also like
Comments
Loading...