जुत्ता चप्पल मेला थप एक दिन लम्बियो

काठमाडौं । भृकुटीमण्डप काठमाडौंमा जारी जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला एक दिन थप भएको छ । यस अगाडि जेठ ८ गतेसम्म मेला अवधि तोकिएकोमा अब मेला ९ गतेसम्म चल्ने आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ।

मेला अन्तिम चरणमा पुगेकाले ग्राहक तथा अवलोकनकर्ताको आकर्षण दिनप्रतिदिन बढिरहेको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । सस्तो मूल्यमा जुत्ता चप्पल खरिदका लागि मेला उपयुक्त थलो बनेको आयोजकको भनाइ छ ।

स्वदेशी उद्योगहरुको प्रवर्द्धनसहित आर्थिक क्षेत्रलाई चलायमान बनाउने लक्ष्यले मेला आयोजना गरिएको हो । मेलामा २२ वटा उद्योगका करिब सय वटा स्टल छन् ।

You might also like
Comments
Loading...