ह्वात्तै घट्यो इन्धनको मूल्य, डिजलमा २९ र पेट्रोलमा २० रुपैयाँ कर कटौती

पेट्रोललाई १ सय ७९ र र डिजल प्रतिलिटर १ सय ६३ पर्ने

काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएको छ । करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा गरेको हो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ ।

नेपाल आयल निगमले पछिल्लोपटक डिजल र मट्टीतेलमा समान २७/२७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजलरमट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो । उक्त निदेशनअनुसार इन्धनको मूल्य घटाइएको हो ।

You might also like
Comments
Loading...