गठबन्धनको बैठक बालुवाटारमा जारी, चुनावी परिणामको समीक्षा

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बालुवाटारमा जारी बैठकमा स्थानीय निर्वाचनमा गरिएको चुनावी तालमेलको समीक्षा हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,  गठबन्धनको चुनाव परिचालन समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु सहभागी रहेका छन् ।

 

You might also like
Comments
Loading...