सत्ता गठबन्धनको बैठक आज, मन्त्री हेरफेरबारे छलफल गर्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो ।

यसले कांग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेपछि शीर्ष नेताबीच आज छलफल हुन लागेको बुझिएको छ ।

बैठकमा सरकारमा सहभागी कांग्रुेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।

एकीकृत समाजवादीले जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । साथै उनले नयाँ मन्त्रीका रूपमा नेताहरूको नाम समेत टुंग्याइसकेको छ ।

 

You might also like
Comments
Loading...