आज सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य ओरालो लाग्दै गएको छ ।

बुधबार  छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तोलामा ८ सयले घटेसँगै छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९६हजार ७ सय तोकिएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा रु २० रुपैयाँले घटेको छ ।

तोलामा २० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको  १२५० रुपैया तोकिएको महासंले जनाएको छ ।

You might also like
Comments
Loading...