सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य तोलामा ६सय रुपैयाँले घटेको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६ सय रुपैयाँले घटेसगै आज छापावाला सुन ९६ हजार ५०० मा आएको छ । हिजो प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासघंले जनाएको छ ।

You might also like
Comments
Loading...