सुनको मूल्य २ सयले बृद्धि,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा २ सयले बढेको छ । तोलामा २ सयले बढेसँगै आज छापावाल सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाला सुन ९७ हजार ३ सयरुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजारमा कारोबार तोकिएको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलाका ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँ घटेसँगै बिहीबार चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।बुधबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...