सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज तोलामा २ सयले घटेसँगै आज छापावाला सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकरी दिएको छ ।

बिहीबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

हिजो तेजाबी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार चाँदी तोलाका १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै आज चाँदी तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...