सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।आज छापावाला सुनको तोलामा ३ सय रुपैयाँ बढेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य तोलमा १० रुपैयाँयाले घटेसँगै आज तोलाको १२ सय रुपैयाँयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।शुक्रबार चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो ।

You might also like
Comments
Loading...