आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं ।  सोमबार स्थिर रहेको सुुनचाँदीको मूल्य मंगलबार भने सामान्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । तोलामा १ सय रुपैयाँले बढेसँगै आज छापावाला सुुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँमा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार छापावाला सुुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीमा पनि रु ५ रुपैयाँ बढेको छ । तोलामा ५ रुपैयाँ बढेसँगै चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १२ सय रुपैयाँयमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...