एकैदिन १ हजारले घट्यो सुनको मूल्य !

काठमाडौं ।सुनचाँदी बजारमा सुनको मूल्य एकैदिन एक हजारले घटेको ।

बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । छापावाला सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like
Comments
Loading...