सुनचाँदीको मूल्य बृद्धि, कति पुग्यो आज तोलाको ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनँचादी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ ।

 

You might also like
Comments
Loading...