गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लि.को २७औं साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले शुक्रबार २०७७/७८ को २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । यस अघि विविध कारणले फाइनान्सको उक्त साधारणसभा हुन सकेको थिएन ।

फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीको अध्यक्षतामा आयोजित साधारणसभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले फाइनान्सको वित्तीय अवस्था बिगतमा भन्दा सुधार भइरहेको बताए ।

आगामी दिनमा फाइनान्सले साधारणसभा समयमा नै गर्ने र वित्तीय अवस्थालाई झन् सुधार गर्ने उनको भनाइ छ । मुख्य कार्यालय चारखाल डिल्ली बजारमा रहेको फाइनान्सका शाखाहरु देशभर २६ वटा छन् ।

एउटा एक्स्टेन्सन काउन्टर छ । साधारणसभामा सहभागी सेयरधनीहरुको जिज्ञासालाई प्रमुख कार्यकारी अधिकृत र अध्यक्षले सम्बोधन गरेका थिए ।

You might also like
Comments
Loading...