शैक्षिक तथा उद्यमशीलताका क्षेत्रमा सक्रिय युवा व्यवसायी गेन्द्र लामा सम्मानित

काठमाडौं । शैक्षिक तथा उद्यमशीलताका क्षेत्रमा सक्रिय युवा व्यवसायी गेन्द्र लामा सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच लामालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरे । शिक्षा तथा उद्यम क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै संस्थाले लामालाई सम्मान गरेको हो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष लामा प्राक्सिस इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन् । मनास्लु टिम अफ आन्टरप्रेनरसिपका संस्थापक अध्यक्षसमेत रहेका लामा सहारा फाउन्डेसनका अध्यक्ष छन् ।

काठमाडौं विनायक शिक्षालयका अध्यक्षसमेत रहेका लामा नेशनल प्याब्सन, लायन्स लगायतका संघसंस्थामा आवद्ध छन् । सम्मानले आफूलाई थप प्रेरणा मिलेको लामाले बताए ।

You might also like
Comments
Loading...