धारिलो हतियार प्रहारबाट सिरहामा बाबु-छोराको हत्या

काठमाडौं । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको हिजो (शनिबार) राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रहरीका अुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।

विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बुवा एक्लै सुतेको र सन्त कुमारसँग गाउँकै १०र१२ वर्षको बालकसँग सुतेका थिए ।

हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।

घटनास्थललाई प्रहरीले सिल गरेको छ भने थप अनुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपीले बताए ।

You might also like
Comments
Loading...