अमेरिकी वैज्ञानिकद्वारा नयाँ प्रविधिको विकास : डीएनए परिवर्तन गरेर हृदयघात रोक्न सकिने !

पछिल्लो समयमा हृदयघातका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विश्वमा पछिल्लो समयमा बढी मानिसको मृत्युको प्रमुख कारण हृदयघात बन्दै गएको छ ।

हृदयघातको निराकरणका लागि अनेक प्रयास भइरहँदा पनि यसबाट बर्सेनि हजारौंको ज्यान गइरहेको छ । नेपालमा पनि हृदयघातको कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

बैज्ञानिकहरुले यसबाट बच्नका लागि अनेकौ खोज अनुसन्धान गरेपनि त्यति सफल हुन सकेको छैने । यद्पी बजारमा पाइने खोप र औषधिले कोलेस्ट्रोलको मात्रा घटाउने भए पनि हृदयघात हुनबाट भने बचाउन सकिएको छैन ।

डब्ल्युएचओका अनुसार सन् २०१९ मा मुटुसम्बन्धी रोगका कारण विश्वभर १ करोड ८ लाख जनाको मृत्यु भएको थियो । जसमा ८५ प्रतिशत मृत्युको कारण हृदयघात र स्ट्रोक रहेको थियो ।

यो एक आनुवांशिक रोग हो, जसको नाम हाइपरकोलेस्ट्रामिलिया हो । यसबाट विश्वमा वार्षिक ३ करोड १ लाख सर्वसाधारण प्रभावित भइरहेका छन् ।

त्यस्तै सर्वसाधारणलाई हृदयघातबाट बचाउन अमेरिकाको बायोटिक कम्पनी वर्व थेराप्युटिक्सले नयाँ प्रविधिको विकास गरेको छ ।

वर्व थेराप्युटिक्सका सीईओ डा. शेकर कथिरेसनले ब्लुमबर्गसँग गरेको कुराकानीमा मान्छेको ‘डीएनए’मा बद्लाव ल्याएर शरीरमा खराब कोलेस्ट्रोल जम्नबाट रोक्न सकिने बताएका छन् ।

यसैलाई उनले हृदयघातको स्थायी समाधान मानेका छन् ।वर्व थेराप्युटिक्सका अनुसार डीएनएमा परिवर्तन गर्ने प्रयास सुरुमा कोलेस्ट्रोलका कारण हृदयघात भइसकेकामा गरिने छ ।

यो विधि खराब कोलेस्ट्रोल रोक्न सफल भए अनुसन्धान तथा प्रयोगमा युवालाई सहभागी गराइने छ । ताकि उनीहरुलाई हृदयघात हुनुभन्दा पहिला नै बचाउन सकियोस् । तर यो काम कहिलेबाट हुन्छ यसबारे कम्पनी केही बोलेको छैन ।

डा। कथिरेसन हार्वड विश्वविद्यालयका प्रख्यात जेनेटिसिस्ट र कार्डियोलोजिस्ट हुन् । उनले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्ने जेनेटिक म्युटेसनको खोजी गरेका छन् ।

यसबाट हृदयघात हुने सम्भावना न्यून हुन्छ । उनी अहिले कोलेस्ट्रोल बढाउने तत्वका बारेमा खोजी गरिरहेका छन् ।अहिले वर्व थेराप्युटिक्स मान्छेको डीएनएका दुई जीनलाई लक्षित गरेर काम गरिरहेको छ ।

जसको नाम पीसीएसके-९ र एएनजीपीटीएल-३ रहेको छ । केही हृदयघातका बिरामीलाई एक मात्रै औषधिले काम गर्न सक्ने छ भने केहीलाई दुवैको आवश्यकता पर्न सक्नेछ ।

कम्पनी क्रिस्पर डीएनए एडिटिङ टुलको प्रयोग गरिरहेको छ । यसबाट वैज्ञानिकले मान्छेको जीन सिक्वेन्सलाई बदल्न सक्नेछन् ।

वर्व थेराप्युटिक्सले यो उपचारको प्रयोग बाँदरमा प्रयोग गरिसकेको छ । बाँदरमा डीएनए परिवर्तन गरेको दुई सातामा कोलेस्ट्रोलको स्तर ५९ प्रतिशतसम्म कम भएको भएको र ६ महिनासम्म यो कायम रहेको थियो ।

कम्पनीले केही महिनाभित्र मान्छेमा पनि यो ट्रायल सुरु गर्ने जनाएको छ । यद्यपि यसको प्रयोगमा वर्षौं लाग्न सक्छ ।स्वास्थ्य विज्ञ एलिजाबेथ म्याकनेलीले वर्व थेराप्युटिक्सले प्रयोग गर्न थालेको विधि एकदमै नयाँ भएकाले चिकित्सक तथा बिरामी यसको प्रयोग गर्न हिच्किचाउने बताएकी छन् ।

साथै, उनले यसको प्रयोग गर्दा डीएनएमा कुनै गडबडी हुन्छ कि भन्ने चिन्ता र भय हुन्ने जानकारी दिएकी छन् ।माइकल सरम्यान कम्पनीले औषधि बजारमा ल्याए पनि अहिले उपलब्ध औषधिको तुलनामा यो निकै महंगो हुने बताउँछन् ।

डीएनए बदल्ने यो उपचारको ५० हजार २ लाख डलरसम्म रहने विश्लेषण गरिएको छ । दैनिक भास्करबाट

You might also like
Comments
Loading...