सर्वसाधारण र विदेशमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपीओ खुल्दै

काठमाडौं ।सर्वसाधारण र विदेशमा रहेका नेपालीका लागि  बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ खुला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यही माघ २२ गतेदेखि र सर्वसाधारणको लागि आगामी फागुन १८ गतेदेखि आइपीओ खुला गर्न लागेको हो ।

कम्पनीको जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत बराबर ९७ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले १०० अंकित दरका कुल ९७ हजार कित्ता आइपीओ जारी गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने छ।

कम्पनीले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने छन्।
दुवै थरीका लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आइपीओमा आगामी फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आइपीओ निष्कासन बन्द भने छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गते बैंकिङ समयपछि हुनेछ।

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटस लिमिटेड रहेको छ। नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आइपीओ भर्न सकिने छ । ।

You might also like
Comments
Loading...