स्वतन्त्र उम्मेदवार जानकीराम साहद्वारा ११ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहले ११ बुँदे आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

साहले आज पत्रकार सम्मेलन गरी आफू नगरप्रमुखमा निर्वाचित भएपछि गर्ने प्रमुख प्रतिबद्धता समेटिएर तयार पारिएको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

उनले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वरोजगार, खेलकुद, पर्यटन प्रवद्र्धन र सुशासनको क्षेत्रमा काम गर्ने साहले प्रतिज्ञापत्रमा उल्लेख गरे । यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाए ।

You might also like
Comments
Loading...