महोत्तरीको एकडारा गाउँपालिकामा जसपा निर्वाचित

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका हुन् ।

अध्यक्षमा चार हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा चार हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले दुई हजार ७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए ।

गाउँपालिकामा जसपाले वडा नं १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ ।

You might also like
Comments
Loading...