बाराका करैयामाई र परवानीपुर गाउँपालिकामा जसपा र एमाले विजयी

काठमाडौं । बाराका २ गाउँपालिकामा जसपा र एमाले विजयी भएका छन् । बाराको परवानीपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा राम क्षेत्री पटेलले लोसपाका उम्मेदवार जगतनारायण महतोलाई ४७४ मतले पराजित गरेका हुन् । पटेलले २ हजार ९१७ मत ल्याउँदा प्रतिस्पर्धी महतोले २ हजार ४४३ मत ल्याएका छन् ।

त्यस्तै करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भुप्रसाद यादव र उपाध्यक्षमा सोही पार्टीका सुनैना चौधरी निर्वाचित भएकी छन् ।

निर्वाचित शम्भुप्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन्।

चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी छन् । सुनैनाले ५ हजार ४३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १७२ मत ल्याएकी थिइन् ।

You might also like
Comments
Loading...