स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन गरिने जुत्ता मेलाप्रति विमती

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चररर्स एशोसिएसनले स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन गरिने जुत्ता मेलाप्रति विमती रहेकाे  जनाएको छ।

एशोसिएसनले विज्ञप्ती जारी गदै यस्ता मेलालाई निरुत्साहित गर्न छलफल पश्चात एशोसिएसनका सदस्य सहमत रहेकोमा पछिल्लो समय केही उद्योगी व्यवसायीले सहमती विपरित पुनः जुत्ता मेला संचालन गरेको मा एसोसिएसनको गम्भिर ध्यानकर्षण भएको जनाइएको छ ।

बाह्रै महिना दोकानका रुपमा संचालन गरिने यस्ताखालका मेलाले औद्योगिक प्रर्दशनीलाई खल्लो बनाउने तथा उत्पादनको लोकप्रियतामा समेत आच आउने भएकोले यस्ता गतिविधमिा संलग्न नहुन पनि एशोसिएसनले आग्रह गरेको छ । यस्ता मेलामा एशोसिएसको संलग्नता नरहेको बताइएको छ ।

आफ्ना उत्पादनलाई सोझै उपभोक्तकाबीचमा लैजान तथा विभिन्न कारणले सुस्ताएको आर्थिक गतिविधी चलायमान बनाउन विभिन्न प्रकारका मेला तथा एक्स्पो संचालन गरिने एशोसिएसनले बताएको छ ।

उद्योगी व्यवसायीको हित र स्वदेशी उत्पादनको प्रर्वद्धनकालागि एशोसिएसनको आयोजनामा काठमाडौं उपत्यकामा वर्षमा २ पटक उद्योगीलाई समेटेर बिजनेस एक्स्पो र अन्तर्राष्ट्रियस्तरको ओद्यौगिक प्रर्दशनी पनि १ पटक संचालन हुने गरेको बताइएको छ ।

 

You might also like
Comments
Loading...