रहरकाे सहर काठमाडाैंले सिकाएकाे शिक्षा !

कामना पौडेल

आज म हजुरहरुलाई मलाई अचम्म लागेको कुरा भन्न जाँदै छु । यो मेरो मनको कौतुहलता पनि हो । म गाउँमा जन्मेर गाउँकै एउटा विद्यालयमा अध्ययन गरेको मान्छे हुँ ।

यो भन्न जरूरी त खासै होइन तर यो भनेपछि मात्र तपाईंहरूले मेरो कुरा बुझ्न अलिक सजिलो हुन्छ जस्तो लागेर म कहाँ र कसरी पढेर आएँ र यो लेख्न योग्य कसरी भएँ भन्ने कुरालाई पनि यहाँ प्रस्तुत गरेको हुँ । पढाईमा अब्बल र निकै जिज्ञासा राख्ने भएकाले मलाई जे पढेको छु त्यो प्राक्टिकल्ली नै गर्ने, हेर्ने, बुझ्ने साह्रै इच्छा हुन्थ्यो ।

दश कक्षा पास गरेर उच्च शिक्षा हासिल गर्ने सिलसिलामा शहर पसेँ । मेरो गाउँमा उच्च शिक्षाको लागि कलेजहरु नभएको भने होइन है ! म सहरमा उच्च शिक्षाको लागि मात्र नभएर पढेलेखेका मान्छेहरूको रहनसहन, व्यक्तित्व विकास लगायतका कुराहरू सिक्न, विद्यालयमा पढेका विभिन्न कुराहरूलाई हेर्न, बुझ्न, सिक्न पनि पसेको थिएँ ।

अब पोइन्टको कुरा गर्नुपर्दाः– मेरो गाउँमा कुनै ट्राफिक लाइट, जेब्रा क्रसिङको प्रवृत्ति थिएन । म पहिलोपटक जब काठमाडांै आएँ, मलाई ट्राफिक लाइटको नियम अवलोकन गर्ने ठुलो इच्छा थियो । एकदिन मैले मसँग बस्ने दिदीलाई ट्राफिक लाइट देखाइदिन अनुरोध गरेँ ।

अब पोइन्टको कुरा गर्नुपर्दाः– मेरो गाउँमा कुनै ट्राफिक लाइट, जेब्रा क्रसिङको प्रवृत्ति थिएन । म पहिलोपटक जब काठमाडौं आएँ, मलाई ट्राफिक लाइटको नियम अवलोकन गर्ने ठुलो इच्छा थियो । एकदिन मैले मसँग बस्ने दिदीलाई ट्राफिक लाइट देखाइदिन अनुरोध गरेँ । देखाइदिनु पनि भयो, एउटा पोलमा लाइट त थियो तर नबोल्ने । म कुरिरहे कतिबेला हरियो, रातो, पहेलो बत्ती बल्छ भनेर, तर अहँ बलेन । ठिकै छ बिग्रेको होला सोचेर यसो तलतिर आँखा घुमाइएको त्यहाँ जेब्रा क्रसिङ पनि देखें । मैले विद्यालयमा पढेअनुसार त्यहाँबाट पैदल यात्रीहरुले बाटो काट्ने थियो तर मैले त जेब्रा क्रसिङमा गाडीहरू रोकिरहेको देखें ।

ट्राफिक प्रहरीले सिटी बजाएर रोक्ने सिग्नल दिनुभयो र सबै मोटरहरू जेब्रा क्रसिङमा रोके । अनि पैदल यात्रीहरु भने जेब्रा क्रसिङलाई छुँदै नछोई अर्कै ठाउँबाट बाटो काटे । अनि म एकदमै अन्योलमा परेँ र मैले मैसँग हुनुभएको दिदीलाई सोधेँ कि किन यस्तो ? मैले त अरू नै कुरा पढेको थिएँ यहाँ अरू नै देख्छु ? दिदीले भन्नुभयो ‘तिमी भर्खर त काठमाडौं आएको छौं बहिनी, धेरै कुरा हेर्न, देख्न, सिक्न बाँकि नै छ !’

त्यो त म काठमाडौं सिक्ने भनेरै आएको थिएँ, ठुलो मान्छे बन्ने सोचेरै आएको थिएँ । ठिकै छ मैले नबुझेको होला भन्ने सोचेँर त्यहाँबाट गयौं । म त्यो रात सोंचेको सोचैं भएँ ।

यताउता हेरेँ ..ठुलाठुला राम्राराम्रा घरहरु, वरपर हिडिरहेका मान्छेहरु सबै राम्रो स्कुलमा पढेको जस्तो देखिन्थे । सबै चिटिक्कै परेका, कुनै टाइसुट लगाएर हिडिरहेका ..कुनै दिदीबहिनीहरू अंग्रेजीमा बोल्दै छि कस्तो फोहोर भन्दै, आफूले खाँदै आएको कुरकुरेको कागज त्यही फ्याल्दै । म त अलमलमा परेँ ।

अर्को दिन बाटोमा हिड्दै थिएँ … झ्याप्प एउटा बोर्ड देखें जहाँ लेखिएको थियो ‘यहाँ फोहोर फाल्न मनाही गरिएको छ । यहाँ फोहोर फाल्नेलाई रू. १५ हजारसम्मको जरिवाना गरिनेछ – का.न.पा, नगर प्रहरी ।’ यताउता हेरेँ ..ठुलाठुला राम्राराम्रा घरहरु, वरपर हिडिरहेका मान्छेहरु सबै राम्रो स्कुलमा पढेको जस्तो देखिन्थे । सबै चिटिक्कै परेका, कुनै टाइसुट लगाएर हिडिरहेका ..कुनै दिदीबहिनीहरू अंग्रेजीमा बोल्दै छि कस्तो फोहोर भन्दै, आफूले खाँदै आएको कुरकुरेको कागज त्यही फ्याल्दै । म त अलमलमा परेँ ।

केही कुरा बुझिन । चक्कर नै आउन लाग्यो । मैले मेरो गाउँको कुरा सम्झिएँ । मेरी आमा कहिले विद्यालय जानुभएन, माथिल्लो घरकी कान्छी आमा पनि कहिले विद्यालय नजानुभएको रे, पल्तिरको जेठाबा पनि विद्यालयको नाम निसाना नदेखेको मान्छे । हाम्रो तिर सबैको बारीको कुनामा खाडल हुन्छ । त्यहाँ केही लेखेको पनि हुँदैन । सबैले फोहोर त्यहाँ नै फाल्छन् ।

अलि पर गएपछि बजार छ सानो तिनो ..त्यहाँ एउटा पोलमा डोको झुन्डाएर ‘फोहोर मलाई’ लेखेको छ । मेरी आमा, कान्छी आमा, जेठाबा जो गएर केही फोहोर फ्याल्नुपर्यो भने पनि त्यहाँ नै फाल्छन् ।यहाँ त सबै पढेलेखेका देखिन्छन् । अंग्रेजी बोल्छन् तर त्यत्रो बोर्डमा लेखेको कुरा किन नदेखेका ?यहि सोँच्दै हिडिरहेको थिएँ फेरी अर्को झट्का लाग्यो मलाई ।

 

एक ठाउँमा मात्र होइन, दुई तीन ठाउँमा लेखिएको थियो । तर झट्का त्यसले लागेको होइन, झट्का त मलाई त्योबेला लाग्यो जब नो पार्किङ लेखेको ठाउँमा महँगा महँगा गाडीहरू, बाइकहरू पार्क गरेर राखिएको थियो । के भइरहेको छ नै मैले बुझिरहेको थिइन ।

यो झट्का झन् ठुलो थियो । भित्ताहरूमा ठुलो–ठुलो अक्षरमा लेखिएको थियो ‘नो पार्किङ’ । एक ठाउँमा मात्र होइन, दुई तीन ठाउँमा लेखिएको थियो । तर झट्का त्यसले लागेको होइन, झट्का त मलाई त्योबेला लाग्यो जब नो पार्किङ लेखेको ठाउँमा महँगा महँगा गाडीहरू, बाइकहरू पार्क गरेर राखिएको थियो । के भइरहेको छ नै मैले बुझिरहेको थिइन । एकाएक एकपछि अर्को गरि मैले सामाजिक किताबमा पढेको कुराहरु मेरो मानसपटलमा घुमिरहेका थिए । मलाई एकदम डर लागेर आयो ।

के मैले पढेको कुराहरु सबै गलत थियो त ? किनकी म त एकदम पढेलेखेका मान्छेहरु बस्ने सहरमा छु । एकजनाले होइन सबैले मैले जे पढेँ त्यही क्रियाकलापहरु गरिरहेको देखिराछु ।यस्तो उन्नत समाजमा बस्ने मान्छे त कसरी गलत हुन्छन् होला र ? अनेक कुराहरु दिमागमा खेल्न थालेपछि बिस्तारै यहि कुराहरू हेर्ने, देख्ने, सिक्ने मौका पनि पाएँ ।सरकार र नेतालाई गाली गर्ने तर आफूले सडकको नियम मिच्नेहरू पनि देखें ।

मेरो कलिलो दिमागले बिस्तारै यो पढेलेखेका मान्छेहरु बस्ने उन्नत सहरको विभिन्न चालचलन भ्याएसम्मको सिकिरहयो ।
बिस्तारै सबै कुराको बानी पर्दै गयो । तर अचानक आज मैले आफैलाई प्रश्न गर्न मन लाग्यो ‘के म यही सिक्नको लागि यहाँ आएको थिएँ त ?’ नियम भनेको के र कसको लागि ? फोहोर नफालौं नै भनेको ठाउँमा फोहोर फाल्नै पर्ने जरूरी चै किन ? नो पार्किङ मै पार्क गर्ने जरूरी किन ? के जेब्रा क्रसिङ भनेको गाडी रोक्ने भनेर बनाइएको रेखा हो त ? आकाशे पुलमा कुकुर मात्र हिँडेर आकाशे पुलको तलपट्टिबाट मान्छे हिँड्ने चलन यहि पढेलेखेका मान्छेहरु बस्ने सहरको चलन हो त ? खै मैले त त्यस्तो पढेको होइन । सामाजिक पढाउने गुरुहरु माफ गर्नुहोला तर तपाईंहरूले पढाएको सबै कुरा फिजुल छ । म त अब पढेलेखेका, ठुला मान्छे बस्ने सहरमा बसिरहेको छु !

You might also like
Comments
Loading...