कामना सेवा विकास बैंकद्वारा १४औं शाखा रहित बैंकिङ सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट मोरङ जिल्लाको मिक्लाजुङ गा.पा. ३ धोबेनी बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

मिक्लाजुङ गा. पा. ३ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेजका प्रो. गणेशप्रसाद भट्टराईलाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

वडा नं. ३ का वडा अध्यक्ष सन्तोषकुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक मात्रिकाप्रसाद न्यौपाने, टाँडी धोबेनी बजार व्यापार संघका अध्यक्ष संजयकुमार लिम्बुलगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामिण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकि अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

You might also like
Comments
Loading...