मुनव्वर फारुकी बने कंगनाको ‘लक अप’ शोका बिजेता !

काठमाडौं । बलिउड अभिनेत्री कंगनाको ‘लक अप’ शोका बिजेता मुनव्वर फारुकी बनेका छन् । फारुकी बिजेता बनी ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगा र इटली यात्रामा जाने मौका पनि पाएका छन् ।

ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।मुनव्वर फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ट बताइएको थियो ।

त्यसैले धेरैले उनलाई शोको बिजेता मानिसकेका थिए । मुनव्वर सबैको आशामाथि खरो उत्रिए, अन्त्यमा उनी शोको ट्रफी जित्न सफल भए ।

स्ट्यान्डअप कमेडीदेखि लकअपका बिजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना नीजि जीवनबारे विभिन्न खुलासा पनि गरे ।

शोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।एजेन्सी 

 

 

 

You might also like
Comments
Loading...