नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटीमा युवा नेता केम्स

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जनसंगठन नेपाल खेलकुद महासंघ समाजवादी क्षेत्रीय कमिटी निर्वाचन क्षेत्र नम्बर १ काठमाडौंको अध्यक्षमा युवा नेता केम्स सिंह निर्वाचित भएका छन् । युवाहरुको भेलाले उनको नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।

उपाध्यक्षमा बिपिन खनाल र लक्ष्मी थापा, सचिवमा प्रज्वल मगर, सहसचिवमा सदीक्षा खरेल र साजन बोहरा, कोषाध्यक्षमा मोनिका चौलागाईं निर्वाचित भएका छन् । सदस्यमा विशाल बुढाथोकी रवि श्रेष्ठ, बिजय शाही, अनिल बुढा, सुदेश पहाडी छन् । अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्णप्रति अध्यष सिंहले आभार व्यक्त गरे । संस्था र पार्टीको मर्म अनुसार आफूले काम गर्ने उनले बताए ।

त्यसैगरी भेलाले अनिस लिम्बूको अध्यक्षतामा नेपाल खेलकुद महासंघ वडा नम्बर ३१ समेत गठन भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष साबित्रा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like
Comments
Loading...