गृहमन्त्री खाँण, प्रचण्ड र कानुनमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेक विषयमा छफलफल

काठमाडौं ।  गृहमन्त्रि बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कानुनमन्त्री गोविन्द शर्मा (कोइरला)बीच भेटवार्ता भएको छ ।

आज बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको उनीहरुको भेटमा भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ

संसद्मा पेस गर्न लागेका र पेस गरिसकेका महत्त्वपूर्ण विधेयक अघि बढाउने विषयमा छलफल भएको गृहमन्त्री खाँणले जानकारी दिए ।

“समसामयिक राजनीति, संघीय संसद्लाई नियमित सञ्चालन गर्ने र सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,” गृहमन्त्री खाँणले भने, “प्रतिनिधिसभाको जारी अधिवेशनमै राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा छलफल भएको छ ।”

त्यस्तै खाँणले छलफलमा नागरिकता विधेयक अघि बढाउने विषयमा समेत कुराकानी भएको बताएका छन् ।

नागरिकता विधेयक आम नागरिकको सरोकारको विषय भएकाले दलहरूबीच भिन्न मत हुन नहुने उनको धारणा छ । उनले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरिसकेका छन् ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको उनको भनाइ रहेको छ ।

 

You might also like
Comments
Loading...