कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अंसारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित भएका हुन् ।

कोसीको अध्यक्षमा अंसारीले एक हजार १९९ मतान्तरले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार ऐयुव अंसारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका भएका छन् ।

नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल ९जसपा० बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित भएका छन् ।

कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अंसारी र यादव निर्वाचित भएका थिए ।

कोसी-१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी-२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी-३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी-४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी-५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी-६ मा जसपाका जुडिलाल कौडगिया, कोसी-७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी-८ मा नेपाली कांग्रेसका बलरामकुमार क्षेत्री विजयी भएका हुन् ।

You might also like
Comments
Loading...