क्षणिक आबेग उत्तेजनामा नआउन कार्यकर्तालाइ ओलीकाे अग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा नआउन देशभरका पार्टी पंक्तिलाई अपिल गरेका छन् ।
मनमोहन स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाइ यस्तो अग्रह गरेका हुन्।‘
क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो ।

एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, आपराधिक गठबन्धनलाई हराउने हो,’ अध्यक्ष ओलीले भने ।

पार्टीप्रति निष्ठावान र बफादार छु भन्ने तर वडाध्यक्ष वा सदस्यको टिकट नपाएपछि बागी विद्रोही गर्ने, अर्को पार्टीमा जाने प्रवृति एमालेमा नसुहाउने उहाँको भनाई छ ।
उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताउनु भयो । अध्यक्ष ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा आउने चरित्र एमालेको नभएको भन्दै एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आह्वान समेत गरे ।

 

 

You might also like
Comments
Loading...