ओलीले आज पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका अध्यक्ष काठमाडौं । केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । ओलीले आइतबार समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलन मनमोहन स्मृति हल च्यासलमा आज बिहान साढे १० बजे हुन तय भएको छ ।

 

You might also like
Comments
Loading...