काठमाडौं महानगरका जनप्रतिनिधिद्वारा आज पदबहाली गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् ।

काठमाडौं महानगपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय भइका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय भएका छन् ।

वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजय भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो ।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

You might also like
Comments
Loading...