इद उल फित्रले मलुकमा भाइचार र शान्तिको अभिवृद्धि गर्न सहयोग पर्‍याउँछ : मुख्यमन्त्री राउत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।

इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्वपूर्ण पर्व इल उल फित्र हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । इल उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

You might also like
Comments
Loading...