लुम्बिनी विकास बैंकद्वारा एकै दिन थप ३ नयाँ शाखा उद्घाटन

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पुर्‍याउँने उद्देश्यले जेठ १२ गते थप ३ शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ८४औँ शाखाको रुपमा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका २ स्थित बाणी शाखा, ८५औँ शाखाको रुपमा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका १ स्थित लम्की शाखा र ८६औँ शाखाको रुपमा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका वडा नं. ७ स्थित मसुरिया शाखा रहेको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।

यस विकास बैंकको बाणी शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरे ।

त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरे ।

साथै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशब खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरे ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको आज थप ३ नयाँ शाखाहरुको उद्घाटन भएसंगै सुदुरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिती भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

You might also like
Comments
Loading...