काठमाडौंमा लायन्सको डिष्ट्रिक्ट सचिवालय उद्घाटन

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको काठमाडौं डिष्ट्रिक्ट सचिवालयको उद्घाटन गरिएको छ ।

काठमाडौंको सामाखुसीस्थित प्रयासनगरमा सचिवालय स्थापना गरिएको हो । बिहीबार पूजा गरी डिष्ट्रिक्ट आइका इलेक्ट गभर्नर राम बसेलले सचिवालय उद्घाटन गरेका हुन् ।

काउन्सिल चियरपर्सन मनबहादुर रोका, पूर्व काउन्सिल चियरपर्सन राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगायत लायन्स लिडरहरुको उपस्थितिमा सचिवालय उद्घाटन गरिएको संयोजक सूर्यकुमार केसीले जानकारी दिए ।

व्यवस्थित सचिवालय निर्माणमा साथ र सहयोग गर्ने सम्पूर्णप्रति इलेक्ट गभर्नर बसेलले आभार व्यक्त गरेका छन् ।

You might also like
Comments
Loading...