लाइफ केयरमा अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरिरहेका छौंः कँडेल

पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब हो । अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिमार्फत रक्त परीक्षण सेवा प्रदान गर्दै आइरहेको ल्याबले पछिल्लो समय पिसिआर परीक्षणसमेत गर्दै आइरहेको छ । यसैक्रममा ल्याबका प्रवन्ध निर्देशक शुक्रराज कँडेलसँग ल्याबका विविध विषयमा केन्द्रित रहेर खबरसेवाका लागि गरिएको कुराकानीः

लाइफ केयर डाइग्नोष्टिक्स एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुको उद्देश्य के हो ?

लाइफ केयर डाइग्नोष्टिकस एण्ड रिसर्च सेन्टर २०७१ साल फागुन ३ गतेबाट सञ्चालन शुरु गरिएको हो । गण्डकी प्रदेशकै १ मात्र क वर्गको प्रयोगशाला हो । गण्डकी प्रदेश तथा आसपासका बिरामी परीक्षणको लागि काठमाडौं तथा विदेश जानुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै लाइफ केयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरिएको हो ।

अत्याधुनिक प्रविधि र विषय विशेषज्ञद्वारा सेवा प्रदान गर्नेगरी ल्याब स्थापना भएको हो । ल्याब स्थापना भएसँगै रक्त परीक्षणका लागि बिरामी काठमाडौं, भारत तथा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको छ । गरिब तथा विपन्न नागरिकले पोखरामा नै स्वास्थ्य सम्वन्धी विभिन्न परीक्षण गर्नपाउने वातावरण बनेको छ ।

गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।

परीक्षणका लागि के-कस्ता उपकरण छन् ?

परीक्षणको लागि हामीले अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरिरहेका छौं । इटली, सिंगापुर, जर्मनी, भारत लगायतका देशमा बनेका अत्याधुनिक उपकरण तथा प्रविधि ल्याबमा प्रयोग गरिन्छ । बायोकेमेष्ट्री लगायतका टेष्ट छिटो तथा विश्वसनीय तरिकाले परीक्षण गर्नको लागि माइक्रो बायोलोजी अन्तर्गत कल्चरको लागि साउथ कोरियामा बनेको इन्क्युभेटर छ । बायोसेफ्टिक क्याविनेट पनि हामीसँग छ । पिइ ७१०० फुल्ली अटोमेटिक एनलाइजर, लायजन क्लिया इटलीको मेसिन, जर्मनीको सिमेन्ट क्लिया मेसिन लगायतका अत्याधुनिक उपकरण हामीसँग छन् ।

सेवा प्रवाहलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउनु भएको छ ?

हामीले २ वटा ब्लकबाट सेवा प्रदान गरिरहेका छौं । जनरल ब्लकमा बायोकेमेष्ट्री, हेमाटोलोजी, माइक्रोबायोलोजीका सेवा जनरल ब्लकबाट प्रदान गरिरहेका छौं । ब्लक बि बाट मलिकुर सर्भिस प्रदान गरिरहेका छौं । विषय विज्ञले यसमा काम गरिरहनुभएको छ । माइक्रो बायोलोजिष्ट सुरेश चौधरी, पिसिआर इन्चार्जमा पुरुषोत्तम सुवेदी हुनुहुन्छ । दक्ष जनशक्ति हामीसँग छ । सिंगापुरमा बनेको पिसिआर मेसिन छ । अटोमेटिक आरएन एक्सटेन्सन मेसिन पनि छ । अत्याधुनिक प्रविधियुक्त मेसिन भएकै कारण छिटो छरितो सुविधा दिन हामी सफल छौं ।

बायो केमेष्ट्रीमा सुरेश भण्डारी हुनुहुन्छ । बायोकेमेष्ट्रीमा मास्टर्स गर्नुभएको छ । हेमाटोलोजीमा डा. सुमन पौडेल हुनुहुन्छ । डा. सुमन पौडेल (प्याथोलोजिस्ट) ले लाइफ केयरमा क्यान्सर सम्बन्धी बायोप्सी, घाउ खटिरा, ब्रेस्ट र सर्भाइकल क्यान्सरको नमुना परीक्षण गर्नुहुन्छ । रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको छ । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्ल्युएन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ । कोभिड १९ परीक्षण पनि हुन्छ । कोभिड १९ को एन्टी बडी परीक्षण पनि शुरु गरेका छौं । माइक्रो बायोलोजीमा सुशील कुमार चौधरी हुनुहन्छ ।

पिसिआर परीक्षण पनि गर्न सफल हुनुहुन्छ । कत्तिको प्रभावकारी बनेको छ यो सेवा ?

निजी क्षेत्रबाट गण्डकी प्रदेशमा पहिलो पटक पिसिआर परीक्षणको व्यवस्था पनि हामीले गर्न सफल भएका छौं । पिसिआर परीक्षण गर्ने यस क्षेत्रको एकमात्र ल्याब पनि लाइफ केयर हो । आवश्यकता अनुसार छिटोभन्दा छिटो पिसिआर रिपोर्ट उपलब्ध गराउछौं । पिसिआर परीक्षण सुरु भएपछि यस क्षेत्रका धेरै सेवाग्राही लाभान्वित भएको पाएका छौं । छिटो छरितो सेवा प्रदान गर्दै आइरहेका छौं । यहाँ गरेको परीक्षण रिपोर्टले विदेश जानका लागि पनि मान्यता पाउँछ ।

सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ?

स्वास्थ्य क्षेत्र सेवामुलक व्यवसाय हो । सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेका छौं । समय समयमा निःशुल्क स्वास्थ परीक्षण शिविर संचालन गरिरहेका छौं । सम्वन्धित निकायबाट सिफारिस लिएर आएमा गरिब तथा विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गर्छौ । विभिन्न समयमा छुट प्यकेज पनि ल्याउने गरेका छौं । दशैं तिहार अफरमा बिशेष छुट ल्याएका छौं । परीक्षणमा २० देखि ३० प्रतिशतसम्म छुट हुनेछ ।

बिरामी कहाँ कहाँबाट आउछन् ? बिरामीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

पोखरा तथा आसपासका क्षेत्र, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लासहित अन्य क्षेत्रबाट समेत बिरामी तथा सेवाग्राही परीक्षणका लागि आउने गर्नुभएको छ । हामीले प्रदान गरेको सेवा तथा सुविधाबाट उहाँहरु सन्तुष्ट हुनुभएको छ । हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं जसले हामीलाई उर्जा थपेको छ ।

परीक्षण पछि रिपोर्ट कसरी प्राप्त गर्न सकिन्छ ?

बैकिङ क्षेत्रमा क्यासलेस आएजस्तौ मेडिकल सेक्टरमा पनि पेपरलेसको शुरुवात भएको छ । बिरामीले हातहातमा रिपोर्ट बोकेर हिड्नुपर्दैन । बिरामी आएर परीक्षण गरेपछि उहाँहरुको डकुमेन्ट सफ्टवयरमा इन्ट्री हुन्छ । टेष्ट गरिसकेपछि अटोमेटिक रुपमा रेकर्डमा रहन्छ र वेभसाइटमा जान्छ । वेवसाइट मार्फत सम्वन्धित बिरामी र डाक्टरले रिपोर्ट हेर्न सक्नुहुन्छ । हामीले हाम्रा सेवाग्राहीप्रति पूर्ण रुपमा जिम्मेवार बनेर सेवा प्रदान गरिरहेका छौं । आगामी दिनमा सेवालाई अझै बढी प्रभावकारी र थप व्यवस्थित गर्दै अगाडि बढ्नेछौं । यहाँको स्वस्थ प्रतिक्रियाको समेत अपेक्षा गरेका छौं ।

You might also like
Comments
Loading...