एलपी शर्माको ‘लीलु’ छिट्टै बजारमा आउने तयारी

काठमाडौं । एलपी शर्माको गीत ‘लीलु’ छिट्टै नै बजारमा आउने भएको छ । गौरव गिरीद्वारा निर्देशित गीत सामाजिक यथार्थमा चित्रित छ ।

सुदूरपश्चिमको विकट पहाडी क्षेत्र अछामको रिऋदहमा छायांकन गरिएको गीतमा लेखन तथा कथा निर्देशक गिरीकै रहेको छ ।

कलाकारहरु रोशनी कार्की, पूजा देवकोटा, भद्रजंग कुँवर, एलपी शर्मा, मुकेश सुनार र इब्सु संज्यालको अभिनय रहेको गीतमा गायिका पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको संयुक्त आवज रहेको छ ।

गीतमा समसामयिक विषय र समाजको यथार्थतालाई चित्रण गरिएका कारण दर्शक स्रोतको मन जित्ने अपेक्षा गरिएको छ ।

You might also like
Comments
Loading...