लायन्स तथा लियोद्वारा छात्रवृति वितरण

काठमाडौं । लायन्स तथा लियो जिल्ला परिषदको समन्वयनमा अमेरिकाको प्रशासनिक क्षेत्र लायन्स जिल्ला ४(३सि क्यलिफोर्निया मार्फत छात्रवृत्ति वितरण गरिएको छ । २४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ५ पाँच लाख रुपैयाँ बराबर कोछात्रवृत्ति प्रदान गरिएको बताइएको छ।

लायन्स तथा लियो जिल्ला परिषद ३२५ बि १नेपालले भगिनि सम्बन्ध स्थापित यो पहिलो ठुलो योजना रहेको कार्यक्रम संयोजक तथा लियो जिल्ला परिषद ३२५ बि १ का अध्यक्ष प्रकाश थापा क्षेत्रीले जानकारी दिए ।

बसुन्धारा स्थित हेराल्ड कलेजमा भएको कार्यक्रमको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गर्भनर विशेश्वर आचार्यले गरेका थिए । प्रमुख अथिति डिष्ट्रिक्ट गभर्नर लायन जमेश वर्गिश तथा बिशेष अथितिको रुपमा पुर्व गभर्नर लायन्स रजेन थापा, डिष्ट्रिक्ट गर्भनर डा. राजेन्द्र गिरी, डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन्स बिष्णु भाई श्रेष्ठ ,डिष्ट्रिक्ट गभर्नर इलेक्ट कर्मा गुरुङ, गिता शर्मा चापागाईं, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मा, डिष्ट्रिक्ट प्रेसिडेन्ट इलेक्ट लियो बिजय श्रेष्ठका साथै विभिन लायन्स तथा लियो लिडरको उपस्थिति थियो।

उक्त कार्यक्रम सफल बनाउन स्थानीय समाजसेवी जेपि नेपाल, सुशान्त ङगोल, बिनिता भण्डारीको सहयोग रहेको बुद्धि कार्कीले बताए ।

You might also like
Comments
Loading...