लिटल बुद्धज एकेडेमीमा ग्रयाजुएस, पुरस्कार वितरण र सम्मानसहित कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं–१५ स्वयम्भूस्थित डल्लूमा सञ्चालित लिटल बुद्धज एकेडेमीले आइतबार किन्डर्स गार्डेन ग्रयाजुएसन सेरेमोनीसहित वार्षिक पुरस्कार वितरण, सम्मान लगायत विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा प्रि प्राइमरीका २६ जना विद्यार्थी ग्राजुएट भएर कक्षा १ मा प्रवेश गरेका छन् ।विद्यालयले सोही अवसरमा वार्षिकपरीक्षा नतीजा घोषणा समेत गरेको छ ।

उत्कृष्ट विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ । वार्षिक खेलकुदमा विजयी विद्यार्थीलाई मेडल र सर्टिफिकेटबाट विद्यालयले सम्मान गरेको छ ।

त्यसैगरी दीर्घसेवा सम्मानबाट सुमित्रा डंगोल, आरती राई, रजिना नापित सम्मानित भएका छन् । उत्कृष्ट वर्ष शिक्षीकामा शोभा श्रेष्ठ, रिजु महर्जन सम्मानित भए । वर्ष विद्यार्थी सम्मानबाट नितेश महर्जन, क्षितीज शाक्य सम्मानित भएका छन् ।

नेशनल प्याब्सनका उपाध्यक्ष प्रमोद प्रभाकर रिजालको प्रमुख आतिथ्यतामा तथा विशेष अतिथिमा कीर्तिपुरस्थित साल्भानिया एकेडेमीका प्रिन्सिपल डा. नवरथ बानियाँलेको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै एकेडेमीका संस्थापक प्रिन्सिपल नारायण कुमार कार्कीले गुणस्तरीय शिक्षामा सधैं प्रतिबद्ध रहेको बताए ।नवनित किड्स जोन मान्टेश्वरी कुलेश्वरकी प्रिन्सिपल नीता श्रेष्ठले विद्यार्थीको सपना साकार पार्न र लक्ष्य प्राप्तिमा अभिभावकहरुर शिक्षकरशिक्षिकाको अहम भुमिका रहने बताइन् ।

त्यस्तै योगी श्री मिसनले आफ्नो मन्तव्यमा कितावी ज्ञानमात्रले शिक्षा अधुरो हुने भएकाले शिक्षामा पूर्णत्व प्राप्तिको लागि योग शिक्षामार्फत आफूलाई पनि पढ्नु पर्छ भन्ने भनाइ राखे ।

 

You might also like
Comments
Loading...