जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउछन् : कँडेल

पोखरा । कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार माधवप्रसाद कँडेलले कस्केली जनताले अबको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मतदानका लागि आफ्नो पार्टीले जनतालाई नयाँ विकल्प दिएको बताए ।

‘यस अगाडि पुरानै पार्टी र पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्ने बाध्यता जनतालाई थियो,’ उनले भने, ‘अब हामी एउटा सशक्त विकल्प बन्न सफल भएका छौं । परिवर्तनको महसुसका लागि पनि जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हमा मतदान गर्नेछन् ।’

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण देखिएको बताउँदै उनले कास्की २ का जनताले पनि आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । सधैंभरी राष्ट्र र जनताको सेवामा आफू खटिने उनले बताए ।पार्टीको नीति र कार्यक्रम लोकप्रिय रहेको र सम्पूर्ण प्रतिबद्धता आफ्नो पार्टीले पुरा गर्ने पनि उनको भनाइ छ ।

You might also like
Comments
Loading...